सप्तरीमा युवकको हत्या

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

सप्तरीमा एक युवकको हत्या भएको छ । अर्का एक युवक घाइते छन् ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वामा स्थानीय २१ वर्षीय तिर्कनारायण मण्डलको शव आज बिहान घर नजिकै हिलोमा फेला परेको र अजय मण्डल नामका अर्का युवक घाइते अवस्थामा फेला परेको सप्तरीका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिएका छन् ।

प्रवक्ता सिंहको अनुसार घटनास्थलको प्रकृति हेर्दा युवकको हत्या नै भएको देखिन्छ । अर्का युवक घाइते छन् । घटना कति बेलाको हो खुल्न सकेको छैन ।

उनका अनुसार स्थानीयले आज बिहान ६ बजेतिर शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताएका छन् ।

  • १२ श्रावण २०८०, शुक्रबार ०९:५२ प्रकाशित