पोखरा ।
नेपालमा महिला सम्भावना र चुनौती विषयक एक दिने कार्यक्रम पोखरामा हुने भएको छ । यही साउन १४ गते पोखरा सभागृहमा कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ । नेपाल सारथी फाउण्डेसन र इएचएनको आयोजनामा कार्यक्रम हुन लागेको हो ।
बिहिबार पत्रकार सम्मेलन गरेर आयोजकले कार्यक्रम वारे जानकारी दिएको हो । कार्यक्रमका निर्देशक अंकित सुवेदीले कार्यक्रममा विभिन्न क्षेत्रका जानकार र विद्यार्थीहरुको सहभागी रहने जानकारी दिए । कार्यक्रममा पोखरा विश्वविधलयका प्राध्यापक दिपेन्द्र पहारीले कार्यपत्र प्रस्तुत गर्ने छन् ।
तीनवटा प्यानलमा हुने छलफलमा स्वास्थ्यमा महिला, अवसरमा महिलाहरुलाई चुनौती र महिलाहरुका लागि कानूनी अवसर वारे छलफल हुने छ ।
त्यसका लागि गण्डकी प्रदेशका सांसद, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, विभिन्न अस्पतालका स्वास्थ्यकर्मी,उद्यमी महिला, स्थानीय तहका जनप्रतिनिधि, गैरसरकारी संस्थाका अगुवा सहिभागी हुने आयोजकले जनाएको छ ।














