रक्सीको नसामा लठ्ठिएर हतियारसहित हल्ला गर्दै हिड्ने सेनाका मेजर पक्राउ

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

कैलाली ।

रक्सी खाएर मध्यरातमा हल्ला गर्दै हिड्ने नेपाली सेनाका मेजर पक्राउ परेका छन् ।

गएराती रक्सी खाएर हो–हल्ला गर्दै हिँड्ने मेजर अशोकजंग शाहीलाई कैलाली स्थित चिसापानी इलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

शाही हतियारसहित पक्राउ परेका थिए ।रक्सीको नसामा लठ्ठिएका मेजर शाहीले स्थानीयवासीलाई तथानाम गालीगलौज गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका मेजर शाहीले रक्सीको नसाले मात्तिएर गल्ती गरेको भन्दै माफी मागेका छन् ।

  • २२ कार्तिक २०७८, सोमबार १६:२७ प्रकाशित