पोखरा

क्यानोनिङ गर्ने क्रममा बुढिबजारकी अन्जिताको ज्यान गयो

केन्द्रभाग मिडिया

File photo

पोखरा ।

क्यानोनिङ गर्ने क्रममा पोखराकी एक युवतीको ज्यान गएको छ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर  ९ घलेलमा सञ्चालित पोखरा क्यान्वयनमा क्यानोनिङ गर्ने क्रममा पोखरा महानगरपालिका २६ बढिबजारकी २२ वर्षीया अन्जिताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

हिजो (साउन १० गते) बुधबार क्यानोनिङ गर्न घलेल पुगेकी अन्जिता क्योनिङ गर्ने क्रममा अचानक लड्दा घाईते भएकी थिइन् । घाईते अन्जितालाई उपचारको लागि तुरुन्तै मणिपाल शिक्षण अस्पतालमा ल्याइएकोमा डक्टरले साँझ ४ बजेर ५० मिनेटको समयमा मृत घोषणा गरेको प्रहरीले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

  • ११ श्रावण २०८०, बिहीबार ०९:०५ प्रकाशित