ललिता निवास प्रकरणा

 पछि पक्राउ परेका दुईजना बाहेक सबैको बयान सकियो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरु सबैको बयान सकिएको छ ।

बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा असार १२ मा केन्द्रीय अनुसन्धान ब्युरोले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङसहित चार जनालाई पक्राउ गरेको थियो । त्यसपछि पक्राउ पर्नेको संख्या २२ पुगेको छ । तीमध्ये सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत असार ५ मा सर्वोच्च अदालतको आदेशले छुटेका थिए ।

पक्राउ गरिएका अधिकांशसँग ब्युरोका अनुसन्धान अधिकृतहरुले बयान लिएका हुन्। हिरासतमा रहेका अधिकांशको बयान सकिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यले बताएका छन् ।आचार्यको अनुसार सबैभन्दा पछि पक्राउ गरिएका दुईजना बाहेक अरुको बयान सकिएको छ ।

  • १० श्रावण २०८०, बुधबार १४:०१ प्रकाशित