पोखरा

फुस्रेखोलामा पौडी खेल्न गएका बगालेटोलका विवेकको डुबेर ज्यान गयो

केन्द्रभाग मिडिया

पोखरा ।

फुस्रेखोलामा पौडी खेल्न गएका पोखरा ८ बगाले टोलका विवेक कुँवरको डुबेर ज्यान गएको छ ।

हिजो तीन जना साथीहरुसँग पौडी खेल्न गएका १६ वर्षीय विवेकको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर पाएपछि बैदामको प्रहरी टोली र सशस्त्र प्रहरी बल २४ नं. गणको गोताखोर टोलीले उनको खोजी गरेको थियो ।

खोजीको क्रममा हिजो (शनिबार) साँझ ६ बजे पानीभित्र खोँचमा डुबेको अवस्थामा उनी मृत भेटिएका हुन् ।

  • ७ श्रावण २०८०, आईतवार १६:४९ प्रकाशित