सुडानमा सुनखानी भत्किँदा कम्तीमा ६० मजदुरहरुको ज्यान गयो

केन्द्रभाग मिडिया

सुडान ।

दक्षिणी सुडानमा एउटा सुनखानी भत्किँदा कम्तिमा ६० साना खानी मजदुरहरुको ज्यान गएको छ । साथै धेरै बेपत्ता भएको जनाइएको छ । पश्चिम कोर्डोफानको एल–नाहुद सहर नजिकैको अल–जारा सुनखानी भत्किए पछिको उद्धारको क्रममा ६० जनाको शव भेटिएको जनाइएको छ ।

रातभरि उद्धार अभियानमा सहभागी भएपछि दुर्घटनामा बाँच्न सफल भएकाहरुले अझै कति जना मजदुरहरु खानी भित्रै फसिरहेको जनाएका छन् ।

दुर्घटनामा परी बाच्ँन सफल भएकाहरुले अहिलेसम्म ६० जनाको शव निकालिएको पुष्टि गर्दै अझै धेरै जना कामदारहरु खानीको भग्नाबसेसमा पुरिएको जनाएका छन् ।   एजेन्सी

  • ३१ भाद्र २०८३, बुधबार १६:५८ प्रकाशित