गण्डकीका मुख्यमन्त्री पाण्डेको जवाफः ‘देउवा डुबे गगन पनि डुब्नुहुन्छ’

केन्द्रभाग मिडिया

फाइल तस्बिर

पोखरा।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सभापति शेरबहादुर देउवा डुबे महामन्त्री गगन थापा पनि डुब्ने भन्दै जवाफ दिएका छन् ।

पछिल्लो समय थापाले नेतृत्व परिवर्तन गर्ने बताउँदै अतिरञ्जित कुरा गरेको भन्दै मुख्यमन्त्री पाण्डेले सो बताएका हुन्। केन्द्रीय समितिको तेस्रो दिनको बैठकमा बिहीबार पाण्डेले संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने थापाको अभिव्यक्ति अतिरञ्जित भएको बताएका छन् ।

‘हाम्रो विधानले सभापति र संसदीय दलको नेता हटाउने व्यवस्था गरेको छ । विधानको अभ्यास गर्न कसैले रोक्न सक्दैन । त्यो कुन समय र कुन बेला गर्ने हो गरौं रु त्यसमा पाइन्छ । तर, गर्ने कुरालाई भनेर मात्र अतिरञ्जित नगरौं ,’ उनले भने । दलको नेता परिवर्तन सम्भव नभए पार्टीबारे नकारात्मक भ्रम फैलिने गरी अतिरञ्जित कुरा नगर्न उनको आग्रह छ ।

‘कांग्रेस एउटै हो । शेरबहादुर देउवा डुबेपछि गगन थापा पनि डुब्नुहुन्छ । सुरेन्द्र पाण्डे पनि डुब्छ । सबै एउटै डुंगामा छौं,’ पाण्डेले भने, ‘यसलाई पार लाउन हामीलाई चुनौती छ । हामीले सामूहिक रुपमा नै पार लगाउने हो ।’ यस्तै उनले महामन्त्रीको कार्यतालिका कार्यान्वयन कसले गर्ने हो भन्दै प्रश्न उठाएका छन् । ।’

प्रस्तुत गरेका कार्यक्रम लागू गर्नुपर्ने भन्दै लागू नभएको दोष अरुलाई पन्छाउने प्रवृति अन्त्य हुनैपर्ने पाण्डेले बताए ।

  • ४ श्रावण २०८०, बिहीबार १४:३१ प्रकाशित