पिल्लर गाडियो

पुरानै नक्सा अनुसार फिर्केको सिमांकन गर्दै पोखरा महानगर

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिकाले फिर्के खोलाको मापदण्ड कायम गर्न प्राविधिक नाप जाचँ सुरु गरेको छ ।

मानविय अक्रिमणमा परेको खोलालाई पुरानै अवस्थामा फर्काउनका लागि नापी गर्न लागिएको महानगर प्रमुख धनराज आचार्यले बताए । प्रमुख आचार्य र  उपप्रमुख मञ्जुदेवी गुरुङले फेवा ताल तर्फको गाइघाटमा पिल्लर गाडेर नापीको सुरुवात गरे ।


प्रमुख आचार्यले खोलाको मापदण्ड अनुसारको नाप गरी पिल्लर गाडीएको बताउदै वर्षात पछि अतिक्रमीत संरचना हटाइने बताए ।

प्राविधक टोलीले फिर्के खोलाको प्राबिधिक सर्बेक्षण र नाप जाँच गरि खोलाको प्राकृतिक सिमाना एकिन गर्ने कार्य सुरु गरेको छ ।


उक्त कार्यको सुभारम्भका लागि जिल्ला प्रशासन कार्यालय कास्की ,नापी कार्यालय कास्की ,जिल्ला प्रहरी कार्यालय कास्की, नागरिक समाज लगायतको उपस्थिति रहेको थियो ।


महानगरले प्राविधिक बासुदेव पौडेलको नेतृत्वमा फिर्के खोला नापी टोली खटाएको छ । टोलीले खोलाको २०३२ सलको नक्सा अनुसार सिमांकन गर्ने जनाएको छ ।


पोखरा–१८ अँधेरीकुनादेखि सुरु भएको खोला पर्स्याङ, मालेपाटन, बुलौदी हुदै फेवातालमा मिसिएको छ । खोलाको मापदण्ड १० मिटर तोकिएको छ । तर, मापदण्ड मिच्दै व्यक्ती र संघ संस्थाले भौतिक संरचना खडा गरेका छन् ।

  • ३ श्रावण २०८०, बुधबार १५:२२ प्रकाशित