माओवादीको भविश्य छैन : महासचिव पोखरेल

केन्द्रभाग मिडिया

सुर्खेत ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी निरन्तर ओरालो यात्रामा रहेको बताएका छन् । प्रेस चौतरी नेपाल कर्णाली प्रदेश कमिटीले आज वीरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले सो कुरा बताएका हुन् ।

२०६४ सालमा माओवादी र एमालेको मतान्तर धेरै ठूलो नभएको तर अहिले एमाले र माओवादीको मतान्तर निकै धेरै भएको तथ्य पनि महासचिव पोखरेलले राखे ।

‘२०६४ सालमा माओवादीले ३० प्रतिशत मत पाएको थियो । एमालेले २२ प्रतिशत पाएको थियो । यो ठूलो मतान्तर होइन ’ पत्रकारले सोधेको प्रश्नको जवाफ दिंदै पोखरेलले भने ‘अहिले एमालेको ३४ प्रतिशत मत छ माओवादीको १२ प्रतिशत छ । यो चाँही ठूलो मतान्तर हो । ’

मतको यो ढाँचाले माओवादी क्रमश ओरालो यात्रामा रहेको पुष्टी हुने उनले बताए । ‘अहिले आर्थिक अवस्था अत्यन्त नाजुक बनेको छ, सरकार सुशासनको प्रश्नमा असफल देखिएको छ । र खुलेयाम रुपमा आफ्नो स्वार्थका लागि सत्ताको उपयोग गर्ने प्रबृत्ति बढेको छ,’ महासचिव पोखरेलले भने ।

  • ८ श्रावण २०७९, आईतवार ११:५० प्रकाशित