पोखरा ।
पोखरा उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्वका लागि हिजो भएको निर्वाचनको अहिले मतगणना जारी छ । अहिले कार्यसमिति अन्तर्गत साधारण सदस्यहरुको मतगणना जारी रहेको छ ।
जारी मतगणनामा कार्यसमिति सदस्यकी उम्मेदवार दुर्गा बरालले ४१७, अमृत पोख्रेलले ४०९, निर्मला चापागाई ३७४, रामेश्वर अधिकारी ३४८, भानुभक्त अधिकारी ३४७, गोविन्दबहादुर के.सीले ३४५, कमलबहादुर सुनारले ३४२, मनोहरी पौडेलले ३३९, दिलीप कुमार श्रेष्ठले ३३५ मत पाएका छन् ।
यस्तै रामप्रसाद कँडेलले ३३०, हरिप्रसाद अधिकारीले ३१४,सुर्यराज घिमिरेले ३१०, नविन नापितले ३०४ मत प्राप्त गरेका छन् ।
३६ औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि हिजो मतदान भएको थियो । २ हजार ७ सय ३१ सदस्य रहेको उद्योग वाणिज्य संघमा अध्यक्ष र पदाधिकारीका लागि २ हजार २ सय ७४ मत खसेको थियो । अध्यक्ष पदका लागि चार जना प्रतिस्पर्धामा छन् । अर्जुन पोखरेल, बलराम आचार्य, शोभा गौतम र उत्तममान बुद्धाचार्यबिच प्रतिस्पर्धा छ ।
निर्वाचनले अध्यक्षसहित १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने निर्वाचन समितिका संयोजक दामु अधिकारीले जानकारी दिए ।












