लागुऔषधसहित दुई युवक पक्राउ

केन्द्रभाग मिडिया

सर्लाही बाट लागुऔषधसहित दुई जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका ३ बस्ने ३५ वर्षीय दीपक खत्री र काभ्रेपलान्चोकको रोशी गाउँपालिका ४ बस्ने २६ वर्षीय विजय लामा रहेका छन् ।

जिल्लाको हरिवन-९ दनुवारीबाट ना २० प ९३७ नम्बरको मोटरसाइकलमा सबार उनीहरूलाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट डाइजेपाम ४९५ एम्पुल, फेनारगन ५ सय एम्पुल, स्पासमो प्रोक्सीभोन प्लस १४४ एम्पुल र लेबल र नाम नखुलेको ५ सय एम्पुल बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए ।

प्रहरीलाई देखेपछि भित्री सडकतर्फ भाग्ने क्रममा बुधबार राति उनीहरूलाई लागुऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

  • ५ श्रावण २०७९, बिहीबार १२:२८ प्रकाशित