पोखरीमा डुबेर ४ वर्षीय छोरी र बाबुको मृत्यु

केन्द्रभाग मिडिया

स्याङ्जा ।

स्याङ्जामा पोखरीमा डुबेर बाबु छोरीको ज्यान गएको छ ।

स्याङ्जाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीय बिन्द्र गुरुङ र उनकी चार वर्षीया छोरी सोफियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ । बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा उनीहरुको डुबेर मृत्यु भएको हो ।

प्रहरीको अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि उनको उद्धार गर्ने क्रममा बुबा बिन्द्र पनि डुबेका थिए । तत्काल उद्धार गरी वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा पुर्याइएकामा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए ।

  • ५ श्रावण २०७९, बिहीबार ०८:३५ प्रकाशित