शेयर बजार सुधारको बाटोमा, नेप्से बढ्यो

केन्द्रभाग मिडिया

मंगलबार शेयर बजारमा सकारात्मक सुधार देखिएको छ । नेप्से परिसूचक १६.२० अंकले बढेर २०४५.६३ विन्दुमा पुग्दा ठूला कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक २.८० अंकले बढेर ३९१.५६ विन्दुमा पुगेको छ ।

यसदिन कारोबार भएका १३ उपसूचक समूहमा सबैमा हरियाली छाएको छ । सबैभन्दा धेरै फाइनान्स समूहका लगानीकर्ताले २.७ प्रतिशतले कमाउँदा, माइक्रोफाइनान्स १.८५, व्यापार १.५९, होटल तथा पर्यटन १.४२ प्रतिशतले बढेका छन् ।

बजारमा सुधार आउँदा कारोबार रकमसमेत बढेको छ । यसदिन २१३ कम्पनीका ५७ लाख १३ हजार २४८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २९ करोड ९३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भयो ।

  • ३ श्रावण २०७९, मंगलवार १६:०५ प्रकाशित