बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

केन्द्रभाग मिडिया

कैलाली । कैलालीमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । ना ६ ख ९६९३ नम्बर बसको ठक्करबाट गौरीगङ्गा २ का खडक थापाको मङ्गलबार बिहान निधन भएको हो ।

सोमबार गौरीगङ्गा नगरपालिका–१ चौमालामा सुदूरपश्चिम यातायातको बसको ठक्करबाट थापा घाइते भएका हुन् ।

टाउकोमा चोट लागेका थापाको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ठक्कर दिने बस चालक धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोक बस्ने वर्ष ४३ का दीप श्रेष्ठ प्रहरी नियन्त्रणमा छन् । बस र चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

जिल्लामा हालसम्म कोरोना सङ्क्रमणले २८८ जनाको निधन भएको स्वास्थ्य कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख छ ।

  • ३ श्रावण २०७९, मंगलवार १२:१९ प्रकाशित