लाठीले हानेर आमाको हत्या

केन्द्रभाग मिडिया

रुपन्देही ।
अर्घाखाँचीमा लाठीले हानेर छोराले आफ्नै आमाको हत्या गरेका छन् ।

छोराको लाठी प्रहारबाट गम्भीर घाइते अर्घाखाँचीको शितगंगा नगरपालिका वडानम्बर ४ चाक्लाकी कमला कार्कीको उपचारका क्रममा मृत्यु भएको हो ।

२६ वर्षीय छोरा हेमन्त कार्कीको लाठी प्रहारबाट घाइते भएकी ५२ वर्षीया कमलाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालयको अनुसार घरयासी विवादमा छोरोले लाठीले टाउकोमा प्रहार गर्दा घाइते भई कमलाको काठमाडौं टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो

असार ७ गते घरमा सामान्य विवाद हुँदा हेमन्तले लाठीले टाउकोमा हानेपछि आमा कमला घाईते भएकी थिइन् ।

  • १ श्रावण २०७९, आईतवार १५:१५ प्रकाशित