भारतबाट घटेर आयो पेट्रोलको मूल्य

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारतले नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाएको छ । पे इण्डियन आयल कर्पोरेशन (आईओसी)ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य साढे १५ रुपैयाँ प्रतिलिटर र डिजेलको मूल्य साढे १६ रुपैयाँ प्रतिलिटर घटेर आएको छ ।

पेट्रोलको भाउ घटेर आए पनि तत्काल नेपालमा पेट्रोलियम पदार्थको बिक्री मूल्य भने नघट्ने निगमले जनाएको छ ।

नेपाल आयल निगमका अनुसार आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाउँदै आएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर १०० डलर प्रतिब्यारेलमा आइपुगेपछि नयाँ मूल्यसूची घटेर आएको हो ।

  • १ श्रावण २०७९, आईतवार १४:२१ प्रकाशित