होटलमा युवतीको मृत्यु प्रकरण : पूर्व प्रेमी पक्राउ

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

रुपन्देही ।

बुटवलको एक होटलमा मृत अवस्थामा फेला परेकी बुटवल–२ की समीक्षा गुरुङको मृत्यु प्रकरणमा उनका पूर्व प्रेमी पक्राउ परेका छन् ।

युवती झुन्डिएको अवस्थामा भेटिएको राती युवती र उनका पूर्वप्रेमीसँगै होटलमा बसेको खुलेपछि प्रेमी पक्राउ परेका हुन् । प्रकाउ पर्नेमा पूर्व प्रेमी बुटवल उपमहानगरपालिका–३ का २० वर्षका असीम श्रेष्ठ रहेका छन् । असार २५ गते शनिबार गोल पार्कमा रहेको होटल पाल्पालीमा झुन्डिएको अवस्थामा गुरुङ फेला परेकी थिइन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुले अनुसार शुक्रवार राती होटलमा बस्न गएका दुईजना मध्ये प्रेमी श्रेष्ठ शनिवार बिहान बिल तिरेर निस्केका थिए । गुरुङ भने होटलको रुम नम्बर १०५ मा झुन्डिएको अवस्था भेटिएकी थिइन् । प्रहरीले धेरै अनुसन्धानपछि होटलमा सँगै बस्ने श्रेष्ठ रहेको पत्ता लगाएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रहरीले अनुसन्धान गर्दै थप कानुनी प्रक्रिया अगाडि बढाएको छ ।

असीम श्रेष्ठसँग युवतीको पुरानो सम्बन्ध रहेको जनाइएको छ ।पछिल्लो समय सम्बन्धमा खटपट आएपछि कुनै फोन, सामाजिक सञ्जालमा सम्पर्क नभएकोमा असार २४ गते मृतक समीक्षाले प्रेमी श्रेष्ठलाई कल गरेर भेटेको बताइएको छ ।

  • ३० असार २०७९, बिहीबार १५:५९ प्रकाशित