सिरहा ।
सिरहामा करेन्ट लागेर एक किसानको ज्यान गएको छ । धानखेतमा पानी पटाउने क्रममा पानी तान्ने मोटर चलाउने क्रममा बुधबार राती करेन्ट लागेर गोलबजार नगरपालिका–८ चोहर्वाका करिब ५५ वर्षीय अशेश्वर मण्डलको मृत्यु भएको हो ।
घर नजिकै खेतमा पानी पटाइरहेका उनलाई रातीको खाना खानलाई बोलाउन जाँदा मृत भेटिएको प्रहरीले जनाएको छ ।














