शिक्षामन्त्रीको जवाफ,‘चुनावका कारण समयमा पुस्तक छाप्न सकिएन’

केन्द्रभाग मिडिया

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले चुनावको कारण् समयमै पुस्तक छाप्न नसकिएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले गत बर्ष असार १ गतेदेखि शैक्षिक सत्र सुरु भएकोमा यो बर्ष १ महिना अगाडि सारिएको बताए ।

कोभिड १९ का कारण शैक्षिक सत्र असारमा पुगेकोमा यो बर्षदेखि शैक्षिक सत्र १ महिना अगाडि सार्नु र कागज अभाव भएका कारण पुस्तक प्रकाशनमा ढिलाई भएको दावी गरे ।

उनले पुस्तक छाप्नका लागि प्रमाणित भएको गुणस्तरीय कागज विदेशबाट ल्याउनुपर्ने भएकोले सहज रुपमा आपूर्ति हुन नसकेको उनले बताए ।

  • ३१ जेष्ठ २०७९, मंगलवार १४:५४ प्रकाशित