‘नेगोसियसन हुदैँन,सम्मानजनक बहिगर्मन जालझेलको कुरा हो’: कानुनव्यवसायी

केन्द्रभाग मिडिया

File photo

काठमाडौं।

आन्दोलनमा उत्रिएका कानुन व्यवसायीले कुनै पनि कुरामा नेगोसियसन(सम्झौता) नहुने बताएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गदैए आज तेस्रो दिन पनि सर्वोच्च अदालतमा धर्ना दिदैँ उनीहरुले जबराको राजीनामा बाहेक अन्य विकल्प नभएको जिकिर गर्दै कुनै पनि विषयमा नेगोसियन नहुने बताएका हुन् ।

नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले धर्नाका क्रममा मंगलबार युवा कानुन व्यावसायीहरूले कुनै पनि हालतमा जबराको राजीनामा हुनुपर्ने बताए ।

प्रधानन्यायाधीश जबराले सम्मानजनक बहिर्गमनको प्रस्ताव राख्दै न्यायाधीश र बारमा समेत फुट ल्याउने कोसिस गरिररहेको कुनै पनि सर्तमा सम्झौता नगर्ने उनीहरूले उल्लेख गरेका छन् ।

उनीहरुले सम्मानजनक बहिर्गमन जालझेलको कुरा मात्र भएको बताएका छन्

  • १६ कार्तिक २०७८, मंगलवार १३:०८ प्रकाशित