धवलागिरि अस्पतालमा जीवनजल अभाव

केन्द्रभाग मिडिया

गलकोट ।

धवलागिरि अस्पतालमा जीवनजलको अभाव भएको छ। भाइरल ज्वरो, झाडाबान्ता लगायतका बिरामीको चाप बढे पनि अस्पतालमा एक सातादेखि जीवनजलको अभाव कायमै छ।

झाडाबान्ता भएपछि छोरालाई अस्पताल ल्याएकी सरिता शर्माले जीवनजल नपाएको गुनासो गरिन्। शर्माजस्तै अन्यले पनि उक्त समस्या भोग्नु परिरहेको छ। केही दिनदेखि जीवनजल अभाव भएको अस्पतालका फार्मेसी इन्चार्ज सन्तोष सुवेदीले बताए।

ुसमयमै औषधि ल्याउन खरिद ऐन नै परिवर्तन गर्नुपर्छ, तत्कालै हामीले औषधि खरिद गर्न मिल्दैनु, उनले भने, स्वस्थ्य बीमाले सबै औषधि दिनुभन्छ, तर खरिद ऐन बाधक बन्छ त्यसैले भनेको समयमा औषधि दिन सकिरहेका छैनौं।’

फार्मेसीमा जीवनजल मात्रै होइन, थाइरोनम २५ लगायतका अन्य अत्यावश्यक औषधिको समेत अभाव भएको छ।

खरिद ऐन परिवर्तन नभएसम्म यस्तो समस्या दोहोरिने सुवेदी बताउँछन्। धवलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. शैलेन्द्र विक पोखरेलले जीवनजल लगायतका अत्यावश्यक औषधिको अभाव हुन नदिने बताए।

बागलुङ नगरका अन्य स्वास्थ्य संस्थामा जीवनजल, सिटामोललगायत अत्यावश्यक औषधिको अभाव नभएको बागलुङ नगर स्वास्थ्य शाखाका संयोजक रामप्रसाद खनालले जानकारी दिए।

  • १६ कार्तिक २०७८, मंगलवार १२:३८ प्रकाशित