तालिबान भारतविरुद्ध उत्रे हवाइ आक्रमण गर्ने आदित्यनाथको चेतावनी

केन्द्रभाग मिडिया

काठमाडौं ।

तालिबानले भारतविरुद्ध गतिविधि गरे हवाई आक्रमण गर्ने भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले चेतावनी दिएका छन् ।

उनले लखनउमा भएको एक सम्मेलनमा सम्बोधन गर्दै यस्तो चेतावनी दिएका हुन् । अफगानिस्तान र छिमेकी पाकिस्तानले तालिवानका हर्कत सहेर बसेको भन्दै भारतले नसहने उनले बताएका छन् ।

‘आजको भारत, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा छ । यो बलियो भारत हो । कसैले भारतविरुद्ध गतिविधि गरे हामी सहेर बस्दैनौँ । अफगानिस्तान र पाकिस्तानमा तालिबानका कारण चिन्ता छ । तर, तालिबानलाई थाहा छ, यदि उसले भारत लक्षित गतिविधि गरे हामी हवाइ आक्रमणले जवाफ दिन्छौँ भनेर’ उनले भने

  • १५ कार्तिक २०७८, सोमबार १५:१६ प्रकाशित