वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलको प्रश्न: अदालतमा लागेको आगो दमकलले निभाउँदा कसरी हस्तक्षेप हुन्छ ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको विरुद्धमा उत्रेका अधिवक्ताहरुले आफ्ना अभिव्यक्तिहरु दिन थालेका छन् ।

कालोपट्टि बाँधेर विरोध जनाइरहेका बेला बरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले राजनीतिक दलहरूले अदालतको विषयमा स्पष्ट मुखर भएर नबोलेको भन्दै आपत्ति जनाए ।

उनले राजनीकि दलका जति पनि नेताहरु सत्ताका वा विपक्षका नबोली बसेका छन् उनीहरुले आजको दिनको मुल्य चुकाउनु पर्ने चेतावनी दिए । अदालतको विषय अदालतमा नै समाधान हुनुपर्छ भन्दै राजनीतिक दलका नेता तर्किने गरेको भन्दै उनले आक्रोश पोखेका हुन् ।

उनले अदालतमा आगो लागेको बेला दमकलले निभाउने कामले अदालतमा हस्तक्षेप नहुने टिप्पणी गरे।उनले भने,‘अदालतमा हस्तक्षेप नगर्ने भनेको त्यहाँको फैसला र नियुक्तिमा हस्तक्षेप नगर्ने भनेको होु, आगो लागेको बेला दमकल लिएर जानु हस्तक्षेप हुन्छ भन्ने तर्क दिन मिल्छ ?

  • १५ कार्तिक २०७८, सोमबार १३:५८ प्रकाशित