जापानमा चुनाव: मतदान जारी,सत्तारूढ गठबन्धनले नै बहुमत ल्याउने अपेक्षा

केन्द्रभाग मिडिया

टोकियो ।

जापानमा आज नयाँ संसदका लागि चुनाव हुँदैछ। अहिले मतदान भइरहेको र स्थानीय समयअनुसार राति ८ बजेसम्म मतदान केन्द्र खुला रहने जनाइएको छ ।

यही महिना प्रधानमन्त्री बनेका फुमियो किसिदाले संसदको तल्लो सदनको समावधि सकिनुअगावै चुनाव घोषणा गरेका थिए। ‍चुनावमार्फत उनले आफ्नो कोभिड(१९ को नियन्त्रण, आर्थिक र सुरक्षा नीतिमा जापानीको समर्थन खोजेका छन्।

प्रधानमन्त्री सिन्जो आबेले एक महिनाअघि संसद् विघटन गर्दै मतदानका लागि आजको मिति तोकेका थिए । संसदको अवधि एक वर्ष बाँकी छँदै प्रधानमन्त्री आबेले संसदको तल्लो सदन विघटन गरेका थिए ।

उत्तर कोरियाले लगातार गरिरहेको परमाणु परीक्षण र त्यसले जापानमा परेको चुनौतीलाई जोडेर आबेले चुनाव घोषणा गरेका थिए । यो मौकामा चुनाव गराउँदा आफ्नो पार्टीलाई फाइदा हुने देखेर प्रधानमन्त्री आबेले संसद् भंग गरेका थिए ।

आफ्नो दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले दुई तिहाई बहुमत ल्याउने अपेक्षा आबेले गरेका छन् ।

  • १४ कार्तिक २०७८, आईतवार १०:०८ प्रकाशित