संसदमा एमालेको अवरोध कायमै : बैठक कार्तिक २९ सम्मका लागि स्थगित

केन्द्रभाग मिडिया

फाइल फोटो

काठमाडौं ।

लामो समयदेखि अवरोध पुर्याइरहेको एमालेले आजको बैठकलाई पनि चल्न दिएन ।

दशैंपछि पहिलोपटक आज बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) ले अवरोध कायमै राखेको हो । बैठक सुरू हुनेबित्तिकै यसअघि झैं एमाले सांसदहरू उठेर नारावाजीमा गरेका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले पनि सदनको गतिरोध अन्त्य गर्न आग्रह गरिरहे । विरोधकाबीच सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए भने कानून मन्त्रीले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गरे ।

त्यस्तै सभामुखले नै बिरामी भइ उपचाररत रहेका कारण सदनका १३ बैठकसम्म अनुपस्थित रहेकाहरुको सूचना पढेर सुनाएका छन् । लगत्तै उनले कात्तिक २९ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

  • ११ कार्तिक २०७८, बिहीबार १५:२५ प्रकाशित