चितवनबाट प्रचण्डले भनेः पार्टी टुक्रेर चारवटा हुन सक्ने खतरा छ

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा अझै टुक्रिन सक्ने खतरा रहेको खुलासा गरेका छन् ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी अप्राकृति तरिकाले विभाजन भएको बताउँदै उनले पार्टी एउटाबाट दुईवटा र तीनवटा भएको र अब चारवटा हुने खतरा रहेको बताएका हुन् । यद्यपि, यसलाई व्याख्या भने गरेनन् ।

‘मेरै प्रस्तावमा वाम गठवन्धन गरेर साझा घोषणा पत्र र उम्मेदवारसहित निर्वाचनमा गएका थियौं । एक अध्यक्षलाई प्रधानमन्त्री बनाउने भनेर मैले पहिल्यै प्रतिबद्धता जनाएको थिएँ । त्यसबेला ओलीजीलाई ल्याएर माडीलाई मणी बनाउने भनेका थियौं ।

तर, अहिले दुर्भाग्य भनौं, पार्टी बडो प्राविधिक तरिकाले, बडो अप्राकृतिक करिताले दुईवटा भयो । अहिले तीनवटा भएको छ । अझै चारवटा हुनसक्ने पनि खतरा छ । बडो बिडम्बना पनि भन्नुपर्छ ।’चितवनको माडीमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने

  • ११ कार्तिक २०७८, बिहीबार १४:५६ प्रकाशित