५ देखि ११ वर्षमुनिकालाई फाइजर खोप दिने अमेरिकाको तयारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

अमेरिकी सरकारले पाँच देखि ११ वर्षसम्मका बालबालिकालाई फाइजर खोप दिने तयारी गरेको छ ।

अमेरिकामा कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेक खोप बालबालिकालाई दिन स्वीकृत गर्ने तयारी भएको हो ।

अमेरिकी सरकारको प्यानलले फाइजर खोप पाँच वर्ष वा त्यो भन्दा माथिल्लो उमेरका बालबालिकाका लागि पनि स्वीकृत गर्ने पक्षमा मतदान गरेको छ ।

फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) का विज्ञहरुले हिजो खोपलाई स्वीकृति प्रदान गर्ने पक्षमा आफ्नो मत दिएका हुन् । योसँगै अबको केही हप्ता भित्रै पाँचदेखि ११ वर्षसम्मका बालबालिकाका लागि खोपको आकस्मिक प्रयोगको स्वीकृति प्रदान गर्ने मार्ग प्रशस्त भएको छ ।

नोभेम्बरको पहिलो हप्ता मै खोपको लागि स्वीकृति मिल्ने जनाइएको छ । बालबालिकालाई वयस्कलाई दिइने खोपको मात्राको एक तीहाइ मात्र दिइने छ । यसबाट दुई करोड २० लाख भन्दा बढी बालबालिका लाभान्वित हुने पनि जनाइएको छ ।

अमेरिकाले यसअघि नै फाइजर खोप १२ वर्ष र त्यो भन्दा माथिको उमेरका बालबालिकालाई खोप दिइरहेको छ ।

  • १० कार्तिक २०७८, बुधबार १०:१२ प्रकाशित