पोखरा ।
नेकपा एमाले मादी गाउँपालिका कमिटीको अध्यक्षमा बालकृष्ण गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।
उपाध्यक्षमा एकजंग गुरुङ, सचिवमा सुवास सापकोटा र उपसचिवद्धयमा राजु अधिकारी र प्रतिक्षा पौडेल सर्वसम्मत निर्वाचित भएका हुन् ।
हिजो सुरु एमाले पालिका अधिवेशनले कमिटीका सबै सदस्य पनि सर्वसम्मत रुपमा टुंगो लगाइएको एमालेले जानकारी दिएको छ ।