भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । आज इण्डियन आयल कर्पोरेशन (आईओसी)ले घटेको मूल्य पठाएको आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले बताए ।

उनका अनुसार भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर ०.३४ रुपैयाँले र डिजेलको मूल्य प्रतिलिटर २.४७ रुपैयाँ घटेर आएको हो । भारतबाट प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्यसूची आउने गर्छ ।

  • ३१ असार २०८०, आईतवार १४:३५ प्रकाशित