दासढुङ्गामा बस दुर्घटना : १९ यात्रु घाइते

केन्द्रभाग मिडिया

चितवन ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत दासढुङ्गामा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् ।  भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा बागमती प्रदेश०१–००६ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो ।

काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बस आज बिहान ५ः२० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसी रुखमा अड्किएको छ । बसमा ४० यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा, आठ जनाको भरतपुर अस्पतालमा र एक जनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

  • २९ असार २०८०, शुक्रबार ०९:३० प्रकाशित