संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भने,‘मलाई स्पष्टीकरणको मौका नदिई राजीनामा मागियो’

केन्द्रभाग मिडिया

File photo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरिरहेका छन् । आफु प्रधानमन्त्री हुदाँ प्रितम सरदारले बारम्बार दिल्ली धाएको भनि दिएको अभिव्यक्तिले लोकतन्त्रको खिल्ली उडाएको भन्दै नेकपा एमालेले प्रचण्डको राजीनामा माग्दै सदन अवरुद्ध बनाएको थियो ।

प्रचण्डले आफ्नो अभिव्यक्तिबारे प्रश्न उठेपछि आफूले स्पष्टीकरण दिन खोजे पनि नपाएको बताएका छन् ।सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिव्यक्तिमा प्रश्न उठेपछि प्रस्ट पार्न खोजेपनि सदन अवरुद्ध गरेर मौका नदिएको बताए । ‘गम्भीर प्रश्न उठेपछि मैले पहिला बोल्ने अवसर माग गरको थिएँ । म त सुरु देखि स्पस्ट पार्न तयार भएको थिएँ , तर किन संसद अवरुद्ध गर्नुभयो रु’, प्रचण्डले भने, ‘स्पष्टीकरणको मौका पनि नदिई राजीनामा माग्ने रु के त्यही हो संसदीय अभ्यास रु’

आज बसेको तीन शिर्षदलका नेताका छलफलमा प्रचण्डले अभिव्यक्ति सच्याउँदै संसदमा सम्बोधन गर्ने बताएपछि एमाले संसदको अवरोध हटाउन सहमत भएको हो । यद्यपि एमालेले संसदमा चितबुझ्दो जवाफ नआए पुन संसद रोक्ने चेतावनी दिदैं आएको छ ।

  • २५ असार २०८०, सोमबार १६:४४ प्रकाशित