करेन्ट लाग्दा दुई जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

काठमाडौँ ।

बर्दियाको मधुबन नगरपालिका-३ धनौरा बस्ने २२ वर्षीय जीवनराज गुरुङको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने दिल्ली कुमारी रेउलेको खेतमा विद्युतीय मोटर पम्पबाट पानी सिँचाइ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै जिल्ला अस्पताल गुलरियामा थप उपचारको क्रममा ज्यान गएको हो ।

उता कपिलवस्तुको बुद्धभूमि नगरपालिका-७ प्युसनगर बस्ने ४० वर्षीय गयराम लोनीयाको करेन्ट लागेर शनिबार साँझ ज्यान गएको छ । जस्ता पाताले आफ्नो घरको छाना छाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा ज्यान गएको हो ।

  • २४ असार २०८०, आईतवार १४:२३ प्रकाशित