प्रलोभनमा पार्दै यौन धन्दामा लगाएको आरोपमा बैदामबाट दुई जना पक्राउ

केन्द्रभाग मिडिया

प्रलोभनमा पार्दै यौन धन्दामा लगाएको आरोपमा बैदामबाट दुई जना पक्राउ

पोखरा ।
महिलालाई प्रलोभनमा पार्दै जवरजस्ती यौन धन्दामा लगाएको आरोपमा पोखराको लेकसाईडबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार पोखरा ६ लेकसाईड स्थित होटल ड्रिमल्याण्डमा महिलाहरुलाई काममा लगाई दिन्छु भनि ललाई फकाई यौन धन्दामा लाग्न बाध्य पारेको आरोपमा दुई जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायाव उपरीक्षक सुवास हमालका अनुसार पोखरा १७ बिरौटा बस्ने ४२ बर्षीय सुरेश तामाङ र बारा कोल्बी १ बस्ने २६ बर्षीय ऋषि भट्टलाई पक्राउ गरिएको हो ।

दुबैजनालाई बेच–बिखन तथा ओसार पसार मुद्दामा कास्की अदालतबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको छ । पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको उनले जानकारी दिए ।

  • ८ कार्तिक २०७८, सोमबार २०:१७ प्रकाशित