काठमाडौँ ।
कोरिया जान नपाएको भन्दै नेपाली कामदारहरूले ईपीएस कोरिया शाखामा धर्ना दिएका छन्। कोरियामा ५ वर्ष बसेर फर्किएर आएकाहरूले पुनस् जान नपाएको भन्दै ग्वार्कोस्थित ईपीएस कोरिया शाखाको कार्यालयमा धर्ना दिएका हुन्।
परीक्षा दिएर पास भएको तर कोरिया जान नपाएको भन्दै उनीहरूले धर्ना दिएका हुन्। ५०० भन्दा बढिको संख्यामा जम्मा भएर उनीहरूले धर्ना दिएका हुन्। धर्नाको क्रममा झडपको अवस्था सिर्जना भएको छ।
ईपीएस कोरिया शाखामा निर्देशक पुष्पराज कटुवालले कोरियाले नै फर्केर आएकाहरूलाई प्राथमिकतामा नराखेको बताए।














