सिस्टमको गडबडीका कारण लाडसेडिङ भइरहेको प्राधिकरणको स्पष्टि

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले केही दिनदेखि सिस्टममा आएको गडबडीले विगत तिन दिन देखि विजुली पटक पटक जाने समस्या भएको बताएको छ ।

नेपालकै विद्युत माग कटौती गरेर लोडसेडिङ गरिएको हो की भन्ने आशंकाप्रति स्पष्टिकरण दिँदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सिस्टममा आएको समस्याका कारण मध्य नेपाल र पश्चिम नेपालमा पटक पटक बती जाने समस्या भएको बताए । पछिल्लो केही दिनदेखि नेपालले विजुली निर्यात समेत गरिरहेको छ ।

उनले यही विषयमा स्पष्टिकरण दिन आफूले पत्रकार सम्मेलन राखेको पनि जानकारी गराए । धेरैजसो सबस्टेशन र प्रसारण लाइनमा फल्ट भएको पनि उनले बताए ।

  • ३ असार २०८०, आईतवार १५:३५ प्रकाशित