नाइजेरियामा हैजा प्रकोप : ४८ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

नाइजेरियामा हैजाको महामारी फैलिएको छ । हैजाबाट हालसम्म ४८ जनाको ज्यान गएको नाइजेरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (एनसीडीसी) ले पुष्टि गरेको छ । यस वर्षको अप्रिलको अन्त्यसम्ममा हैजाका एक हजार ६२९ शङ्कास्पद बिरामी भेटिएको एनसीडीसीले बताएको छ ।

देशको राजधानी अबुजामा आयोजित राष्ट्रिय हैजा योजना समीक्षा सम्मेलनमा एनसीडीसीका महानिर्देशक इफेदायो अडेटिफाले १३ वटा राज्य प्रभावित भएको बताए।

स्वास्थ्य एजेन्सीले देशको हैजा प्रकोपको रोकथाम, नियन्त्रण र व्यवस्थापनलाई सुदृढ गर्न उपायहरू अपनाएको अडेटिफाले बताए।

  • ३२ जेष्ठ २०८०, बिहीबार ०९:३८ प्रकाशित