आठ विमानस्थल स्तरोन्नति गर्ने सरकारको घोषणा

केन्द्रभाग मिडिया

सरकारले ८ वटा विमानस्थलको स्तरोन्नति गर्ने घोषणा गरेको छ।हिजो बजेट सार्वजनिक गर्दै सरकारले यस्तो घोषणा गरेको हो ।

विराटनगर, भरतपुर, नेपालगन्ज र धनगढी विमानस्थलहरूको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलको रूपमा विकास गरिने जनाएको छ। त्यस्तै रुकुमको चौरजहारी, दाङको टरीगाउँ, उदयपुरको सगरमाथा रजुम्लाको खलङ्गा विमानस्थलको स्तरोन्नति गरिने जनाएको छ।

दुर्गम क्षेत्रमा उडान भर्ने हवाई कम्पनीलाई सहुलियत दिई हवाई यातायात सुविधालाई सहज र सुलभ बनाइने समेत सरकारले घोषणा गरेको छ।

  • १६ जेष्ठ २०८०, मंगलवार १५:३३ प्रकाशित