कास्की कारागारका १० जनाको कैद माफी

केन्द्रभाग मिडिया

पोखरा ।

गणतन्त्र दिवसको अवसरमा जिल्ला कारागार कास्कीमा कैद्ध भुक्तान गरिरहेका १० जनाको कैद सजाय माफी भएको छ । आज गणतन्त्र दिवसको अवसरमा कैद सजाय भोगिरहेका मध्ये असल चालचलन, व्यवहारका कैैदीको सजाय मिनाहा भएको हो ।

जिल्ला कारागार कास्कीले विभिन्न मुद्दामा कैद भोगिरहेका १० जनाको रिहाईका लागि गृहमन्त्रालयमा सिफारिस पत्र पठाएको थियो । सोही सिफारिस पत्रअनुसार राष्ट्रपति कार्यालयबाट कास्की कारागारमा विभिन्न मुद्दामा रहेका १० जनालाई रिहाई गरिएको कारागारका प्रमुख भिमराज कोइरालाले जानकारी दिएका छन् ।

उनका अनुसार चोरी मुद्धाका ५ जना, कर्तव्य ज्यान मुद्दामा २ जना, सवारी ज्यान मुद्धामा १ जना र अपराधिक उपद्र मुद्धाका २ जना गरी १० जनालाई रिहाई गरेको हो ।

  • १५ जेष्ठ २०८०, सोमबार १५:५७ प्रकाशित