काठमाडौँ ।
गणतन्त्र दिवसको अवसरमा आज ५०१ जनाको कैद सजाय माफी भएको छ ।
आइतबार राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १२ र १४ गते मन्त्रिपरिषद्को बैठकको सिफारिसअनुसार रेशम चौधरी र टोपबहादुर बुढासमेतका १९ जनासहित ५०१ जनाको कैद सजाय माफी दिएका हुन् ।














