नारी शक्ति आमा समुहद्धारा मानव सेवा आश्रम भोजनदान

केन्द्रभाग मिडिया

पोखरा ।

नारी शक्ति जागरण आमा समूह पोखरा १७ आँखा अस्पतालचोकद्धारा मानव सेवा आश्रम छोरेपाटनमा भोजनदान गरेको छ ।

संस्थाको चौथो स्थापना दिवसका अवसरमा समुहले आश्रममा आश्रित वालवालिका र महिलाहरुका लागि १८ हजार ५०० रुपैया बरावरको एक छाक खानाको सहयोग गरेको हो ।

पोखरा महानगरपालिकाका वडा नं. १७ का वडाअध्यक्ष एवम् समुहका सल्लाहकार राधिका शाही योगीले सो कार्यक्रममो शुभारम्भ गर्दै टोल छिमेकमा हुने शुभकार्यमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर संकलन गरेको रकमबाट आश्रममा भोजनको व्यवस्थापन गरेर समुहले सामाजिक उत्तरदायित्व पुरा गरेको बताए ।

आकाशलाई छानो र सडकलाई घर वनाएका सडक मानवको उद्धार गरेर गाँस, वास र कपासको व्यवस्थापन गरेर आश्रमले मानविय सेवामा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै उहाँले यस्ता पुण्य कार्यमा सवै संघसंस्था एवम् व्यक्तिको सहयोग रहनु पर्नेमा जोड दिए ।
आमा समुहको सकृयतामा महिलाको नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुगेको बताउँदै उहाँले यस्ता संस्थाहरु ऋव उत्पादनसंग जोडिनुको विकल्प नभएको बताए ।

कार्यक्रममा समुहका अध्यक्ष प्यारी गुरुङले एक छाक भोजन बरावरको रकम आश्रमका सम्झना बर्तौलालाई हस्तान्तरण गर्दै आगामी दिनमा पनि समुहको तर्पmबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

समुहले समाजका सामाजिक, आर्थिक र वातावरणीय सेवामा समर्पित हुदै बिभिन्न गतिविधि सञ्चालन गर्दै आएको सचिव पूर्णकला पोख्रेलले सो अवसरमा जानकारी दिए ।

  • १४ जेष्ठ २०८०, आईतवार १७:१९ प्रकाशित