विराटनगर ।
विराटनगरको स्थिति तनावग्रस्त बनेको छ ।
कोशी प्रदेश नामकरणको विरोधमा प्रर्दशनमा उत्रिएकाहरु र प्रहरीबीचमा झडप हुदाँ तनाव सिर्जना भएको हो ।निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो । झडपका क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ केही घाइते भएका छन् ।
प्रहरीले दर्जन बढी अश्रु ग्यास प्रहार गरेको छ । आज कोशी प्रदेशसभाको बैठक बोलाइएको छ । प्रदेशसभा बाहिर नाराबाजी र झडप भइरहँदा प्रदेश सभा भित्र भने बैठक जारी छ ।














