पोखराको हेम्जामा जिपको ठक्करबाट एकको ज्यान गयो

केन्द्रभाग मिडिया

पोखरा।

पोखराको हेम्जामा गएराती जिपको ठक्करबाट एकको ज्यान गएको छ ।

शनिबार राती करिब सवा ९ बजेको समयमा पोखरा २५ हेम्जा सुन्दरपुरी चोकमा लु ३ च ५१२ नम्बरको जिपले अन्दाजी ३० वर्षीया पुरुषलाई ठक्कर दिई घाईते भएकोमा उनको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मृतक पुरुषको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा राती १० बजे ज्यान गएको हो । दुर्घटनामा ज्यान गुमाउने पुरुषको हालसम्म नाम,थर ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • १४ जेष्ठ २०८०, आईतवार १६:०६ प्रकाशित