एजेन्सी ।
दक्षिण अफ्रिकामा हैजाका कारण १७ जनाको मृत्यु भएको छ ।राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्याम्न्सक्रालमा फैलिएको हैजाबाट १७ जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ ।
अहिलेसम्म २९ जनामा हैजाका जिवाणु भेटिएको छ भने १७ जनाले ज्यान गुमाएको विभागले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
दक्षिण अफ्रिकामा गत फेब्रअरीमा २ जनामा हैजा फेला परेको थियो भने हैजाकै कारण १ जनाको मृत्यु भएको थियो । ३ महिनाको अवधिमा सो क्षेत्रमा २९ जनामा हैजाको जिवाणु भेटिएको हो ।
स्थानीय सरकारले हैजा नियन्त्रणका लागि सर्तकता अपनाउन अपील गरेको छ