काठमाडौँ ।
हिजो देखि सुरु भएको नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ ।आजको बैठकमा बाँकी रहेका ४ प्रदेश कमिटीको प्रतिवेदन पेस हुने भएको छ ।
केन्द्रीय समिति बैठकमा हिजो अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए भने महासचिव शङ्कर पोखरेलले पार्टी बैठकमा हुने छलफलका लागि एजेन्डा पेस गरेका थिए ।
केन्द्रीय समिति बैठक भोलिसम्म चल्नेछ ।













