भालुपहाडमा पहिरो, सिद्धार्थ राजमार्ग ७ घण्टादेखि अबरुद्ध

केन्द्रभाग मिडिया

पोखरा ।
सिद्धार्थ राजमार्गको भालुपहाड सडक खण्डमा पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको छ । भालुपहाडमा विहान ३ बजे पहिरो झरेको हो ।

पहिरो हटाउन विहान ४ बजेबाट नै प्रयास गरिएको भएपनि अझै हटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार चार वटा डोजर प्रयोग गरेर पहिरो हटाउने काम भइरहेको छ ।

विहान ७ घण्टा देखि अबरुद्ध पहिरो हटाएर सवारी सञ्चालनमा ल्याउन अझै एक घण्टा लाग्ने प्रहरी उपरीक्षक बोगटीले बताए । ‘विहान तीन बजे पहिरो गएको हो ।

चार बजेबाट चार वटा डोजर प्रयोग गरेर पहिरो हटाउने काम भइरहेको छ । पहिरो हटाएर सवारी आवागमन सुचारु गर्न अझै एक घण्टा लाग्ला’ उनले भने ।

  • ४ कार्तिक २०७८, बिहीबार १०:०९ प्रकाशित