बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ७७ पुग्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।
मनसुन बाहिरिएपछि जारी वर्षाका कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ७७ पुगेको छ।

गृह मन्त्रालयले बुधबार साँझ दिएको जानकारी अनुसार १४ जिल्लामा बाढी पहिरोका कारण ७७ जनाको ज्यान गुमेको हो। बाढी पहिरोमा परी ३६ जना बेपत्ता भएका छन् । २२ जना घाइते छन् ।

पाँचथरमा २४ जनाको ज्यान गुमेको छ । इलाममा १३ जनाको ज्यान गुमेको छ । डोटीमा १२ जनाको ज्यान गुमेको छ । धनकुटामा ७ जना, हुम्लामा ६, बैतडीमा ४ जना, कालिकोटमा १, डडेलधुरामा १, बझाङमा २, प्युठानमा १, सोलुखुम्बु १, मोरङमा १, सुनसरीमा २, र उदयपुरमा २ जनाको ज्यान गएको गृह मन्त्रालयले जानकारी दिएको छ।

  • ३ कार्तिक २०७८, बुधबार १९:२७ प्रकाशित