राष्ट्रपति आफैं व्यहोर्न चाहन्छन् उपचार खर्च

केन्द्रभाग मिडिया

पोखरा ।
राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफै व्यहोर्ने भएका छन् । राष्ट्रपतिको स्वकीय सचिवालयले आज प्रेस नोट जारी गदै यस्तो जानकारी दिएको ।

राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले प्रेस नोट जारी गदै लेखेका छन्, उपचारका क्रममा भएको खर्च सम्माननीय राष्ट्रपति ज्यू स्वंमले बेहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ ।

प्रेस नोटमा चिकित्सकको सुझावमा भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचारका लागिएको उल्लेख गरिएको छ ।

राष्ट्रपतिलाई भारत उपचारका लागि लैजादा अनावश्यक आर्थिक भार थपिएको भन्दै विरोध हुदै आएको छ ।

  • १९ बैशाख २०८०, मंगलवार १२:४२ प्रकाशित