कृष्णभीरमा फेरि पहिरो गयो, सवारी आवागमन पूर्ण रूपमा ठप्प

केन्द्रभाग मिडिया

कृष्णभीरमा फेरि भीषण पहिरो खस्दा सडक पूर्ण रूपमा ठप्प बनेको छ। बिहीबारदेखि लगातार परेको पानीले फेरि पहिरो खस्दा यातायात रुपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

बिहीबार राति सडकमाथिबाट ठूला ढुंगा र चट्टान खस्दा सडकमा गाडी चल्ने अवस्था नरहेको प्रहरीले बताएको छ।

यसअघि गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडकको भित्ता काटेपछि कृष्णभीरमा ठूलो पहिरो खसेको थियो। त्यो बेला पहिरो गएको ठाउँभन्दा माथि २ सय ७० मिटर नयाँ ट्र्याक खोलेर ग्राभेल गरिएको थियो।

सोही नयाँ ट्र्याकमा गत असोज १ गतेदेखि मात्रै दुइटातर्फ नै सवारीसाधन सञ्चालनमा आएका थिए। तर अहिले फेरि पहिरो खसेपछि यो मार्गमा यात्रा गर्ने यात्रुहरू अलपत्र परेका छन्।

  • ९ आश्विन २०८३, शुक्रबार १०:५६ प्रकाशित