त्याग र बलिदान गर्नेहरुविरुद्ध षडयन्त्र भइरह्यो : प्रम दाहाल

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनका लागि त्याग र बलिदान गर्नेहरुविरुद्ध षडयन्त्र भइरहेको भन्दै सडकबाट गर्जिन आवश्यक रहेको बताएका छन् ।

अखिल नेपाल ट्रेड युनियनको महाधिवेशनलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अदालतको आदेश कार्यान्वयन गर्दा समेत स्याल हुइया मच्चाइएर परिवर्तनका लागि त्याग र बलिदान गर्नेहरुविरुद्ध षडयन्त्र भइरहेको बताए ।

‘हामीले गर्न खोजेका प्रत्येक सकारात्मक पहल र निर्णयका विरुद्ध प्रहार भइरहेको छ । तपाईँहरूले हेरिराख्नुभएको छ । चाहे हिजो क्रान्तिमा लागेका महान् सहिदहरूलाई सहिदको रूपमा सम्मान गरिनुपर्छ, चाहे त्यो जनयुद्धका हुन् या जनआन्दोलनका । राष्ट्र र परिवर्तनका लागि लडेका र प्राण उत्सर्ग गरेका सबै सहिद हुनुपर्छ भन्दा प्रहार भयो, भइराखेको छ, तपाईँहरूले हेरिराख्नुभएको छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

  • १८ बैशाख २०८०, सोमबार १६:३६ प्रकाशित